Logo
Logo

१८ जिल्लामा निषेधाज्ञा, काठमाडौंमा पनि हुनसक्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २४ साउन ।
कोरोना संक्रमण बढेका १८ जिल्लामा निषेधाज्ञा मार्फत आवातजावातमा रोक लगाइएको छ । संक्रमणसँगै निषेधाज्ञा लगाउने जिल्लाको संख्या हरेक दिन बढीरहेको छ ।


नौ जिल्लामा जिल्लाभरी नै निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार पर्सा, बारा, नुवाकोट, सप्तरी, बाँके, सुनसरी, सर्लाही, स्याङजामा र बर्दियामा जिल्लाभरी नै निषेधाज्ञा लगाइएको छ ।
त्यस्तै धनुषा, महोत्तरी, सिराहा, जुम्ला, बझाङ, मोरङ, दार्चुला, झापा, कञ्चनपुरमा आंशिक रुपमा निषेधाज्ञा लगाइएको छ । कतिपय जिल्लामा जिल्ला प्रशासन कार्यालय भन्दा स्थानीय तहले लकडाउन लागू गरेको गृह मन्त्रालयका सहप्रपक्ता उमाकान्त अधिकारीले बताए ।
लकडाउन खुलाएपछि सरकारले संक्रमण फैलिएका क्षेत्रमा निषेधाज्ञा तथा कफ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सोही अनुसार धेरै संक्रमित भएका जिल्लाहरुले निषेधाज्ञा लगाएका छन् ।
पाँच सय भन्दा धेरै संक्रमित भएका पाँच जिल्लामा काठमाडौं समेत परेपनि काठमाडौंमा भने निषेधाज्ञाको तयारी छैन । ‘हामी तत्काल निषेधाज्ञामा जाने तयारीमा छैंनौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने,‘अझै विश्लेषणकै चरणमा छौ, सर्वसाधरणले सरकारको निर्देशन नमाने निषेधाज्ञामा जान बाध्य हुन्छौं ।’ काठमाडौंमा दैनिक एक सयको संख्यामा संक्रमित बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्