काठमाडौं, २५ साउन ।
शीर्ष नेताहरु पार्टी फुटतर्फ अग्रसर भएपनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा सांसदहरुले पार्टी एकता जोगाउनका लागि हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । नेकपाका सांसदहरु विशाल भट्टराई, यज्ञराज सुनुवार, सुरेश राई, कृष्ण दाहाल लगायतको अगुवाइमा ७० जना जति सांसदको हस्ताक्षर संकलन गरिएको छ ।
संकल गरेको हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउने तयारी भएको उनले बताए। आजै दिउँसो २ बजे पत्रकार सिंहदरबारमा सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्ने तयारी भएको सांसद बिशाल भट्टराईले जानकारी दिए ।
पत्रकार सम्मेलन पश्ताच पार्टी एकतालाई बचाउनु पर्ने आफूहरुका रायसहति करिब ७० जना सांसदको हस्ताक्षर पार्टीका दुवै अध्यक्षलाई बुझाइने उनको भनाइ छ।
नेकपा नेतृत्वमा विवाद चर्किएपछि केही दिनयता बैठक नै बस्न सकेको छैन । सामाजिक सञ्जालमै नेताहरुबीच आरोप–प्रत्यारोप सुरु भएको छ ।