Logo
Logo

गोंगबुमा टाउको काटिएको शव सुटकेशमा भेटियो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, २५ साउन ।
काठमाडौैंको गोंगबुमा सुटकेशभित्र शव भेटिएको छ । टाउको काटिएको शव सुटकेशमा भेटिएको छ । शवको टाउको करिब दुई मिटर पर झोलामा भेटिएको प्रहरीले जनाएको छ ।


सडकमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । शव पुरुषको भएको तर सनाखत हुन नसकेको काठमाडौं परिसरका डिएसपी राजकुमार केसीले बताए । महानगरीय अपराध महाशाखाले समेत घटनाको छानबिन अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्