Logo
Logo

भारतीय विदेशमन्त्रीको भनाईमा माधव नेपालको आपत्ति


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ साउन ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम वुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचारप्रति नेपालमा विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जयशंकरको भनाई तथ्यहीन र आपत्तिजनक रेहेको बताउका छन् ।

उनले फेसुबकमा लेखेका छन्–
भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम वुद्धलाई ’महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ । ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत वुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बा‘की नरहँदा(नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मै ’वुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु ।

नेपाली कांग्रेसले पनि जयंशकरको भनाईको विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्