- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)
६ डिसेम्बर १९९६ मा भारतको अयोध्यामा रामभक्तहरूले ५०० वर्ष पुरानो बाबरी मस्जिदलाई मटियामेट गरिदिए । त्यतिबेला भारतका प्रधानमन्त्री भारतीय राष्ट्रिय कांग्रेसका पिभी नरसिंह राव थिए । र, त्यतिबेलाका भारतीय जनता पार्टीका अध्यक्ष लालकृष्ण आडवाणीको नेतृत्वमा यो काम भएको थियो । भारतका रामभक्तहरूले बाबरी मस्जिद रहेको ठाउँलाई नै रामको जन्मस्थल मानि आएका छन् । आडवाणीको यो कदमले बिजेपी भारतीय संसद् लोकसभामा सबभन्दा ठूलो दलको रुपमा अगाडि आयो र सन् १९९९ मा भएको आमचुनावमा बिजेपीले संयुक्त सरकार बनाउन सामर्थ भयो । अटल बिहारी बाजपेयी प्रधानमन्त्री भए भने, आडवाणी उपप्रधानमन्त्री तथा शक्तिशाली गृहमन्त्रीका रूपमा अगाडि आए । बाजपेयी प्रधानमन्त्री भएता पनि सत्ताको सम्पूर्ण शक्ति उनकै हातमा थियो । अहिले उनै आडवाणीलाई बिजेपीमा गुमनाम पारिएको छ ।
शिलान्यासको चाखलाग्दो कुरा के छ भने प्रधानमन्त्री मोदीलाई शिलान्यास गराउने पण्डित प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा बाहुनडाँगीका दुर्गाप्रसाद गौतम हुन् । यस्तै प्रधानमन्त्री मोदीले ‘नेपालसँग त भगवान् श्रीरामको सम्बन्ध माता जानकीसँग जोडिएको छ’, भनी सम्झिएका थिए । शायद भारतमा हिन्दूत्व (राम) कार्डको अपार सफलताबाट लोभिएर होला प्रधानमन्त्री केपी ओलीले पनि नेपालमा पनि रामको तुरुप फ्याँकेका छन् ।
आडवाणी नेतृत्वको त्यही हिन्दू आन्दोलनको जगमा प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ र २०१९ को चुनावप्रचार गर्दा अयोध्यामा भव्य राममन्दिर बनाउने वाचा गरेर ठूलो विजय हात पारे । र गएको साता ५ अगस्तमा अयोध्यामा ध्वस्त पारिएको बाबरी मस्जिद भएको स्थानमा राममन्दिर निर्माणको शिलान्यास गरेर आफ्नो चुनावी वाचा पूरा गरेका छन् । अर्को अर्थमा भन्ने हो भने प्रधानमन्त्री मोदीको यस कदमले धर्मनिरपेक्ष गणतन्त्र भारतको संविधानको धज्जी उडाएको छ । शिलान्यासको चाखलाग्दो कुरा के छ भने प्रधानमन्त्री मोदीलाई शिलान्यास गराउने पण्डित प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा बाहुनडाँगीका दुर्गाप्रसाद गौतम हुन् । यस्तै प्रधानमन्त्री मोदीले ‘नेपालसँग त भगवान् श्रीरामको सम्बन्ध माता जानकीसँग जोडिएको छ’, भनी सम्झिएका थिए ।
शायद भारतमा हिन्दूत्व (राम) कार्डको अपार सफलताबाट लोभिएर होला प्रधानमन्त्री केपी ओलीले पनि नेपालमा पनि रामको तुरुप फ्याँकेका छन् । उनले गएको असार २९ भानुजयन्तीमा भने– भारतले खडा गरेको अयोध्या नक्कली हो, राम पनि नेपाली नै हुन् । भारतले हाम्रो सांस्कृतिक अतिक्रमण गरेको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । भारतका हैन, अयोध्याका रामलाई सीता दिएका हौँ । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन ।
मुलुक कोरोना महामारीबाट त्राहीमाम भएको छ, शासनमा भ्रष्टाचारले जरो गाडेको छ, नेकपाको आन्तरीक विवाद उत्कर्षमा पुगेको छ । सरकारको आयु कति दिन हो भन्न सकिने अवस्था छैन । तर यस्तो गम्भीर परिस्थितिमा पनि प्रधानमन्त्री ओलीले अयोध्यापुरी रहेको माडी नगरपालिकाका जनप्रतिनिधिहरूलाई तारन्तार बालुवाटारमा बोलाएर भनेका छन्– आउँदो रामनवमीमा बृहत् धार्मिक मेला गर्न तथा अर्को वर्षको रामनवमीमा राम–सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्न तयारी गर्नुहोस् । माडीको अयोध्यापुरी नै राम जन्मभूमि भएको आधार छ, यसलाई स्थापित गर्नुपर्दछ । वाल्मीकी आश्रम तथा सीता गुफापनि त्यही भएको हुनाले राम त्यहीँ जन्मेका हुन् भन्ने पर्याप्त आधार छ यसलाइ अगाडि बढाउनुहोस् । माडी नगरपालिको नाम पनि अयोध्यापुरी राख्न सुझाव दिए ।
लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि सर्वधर्म समभावको सिद्धान्त अपनाएको छ । यस्तोमा प्रधानमन्त्री ओलीले फ्यालेको रामको तुरूपले उनलाई कति फलिफाप होला त्यो त आउँदो समयले बताउने छ ।
Twitter :@rmshghimire