Logo
Logo

डिएसपीलाई रिस उठेपछि


- दृष्टि न्युज/संवाददाता

2.2k
Shares

काठमाडौं, २७ साउन । महानगरीय प्रहरी वृत्त बौद्धमा यतिबेला एउटा इमाइलो केस छ । नुवाकोट स्थायी घर भई जोरपाटी बस्ने एक पाठक थरका व्यक्तिविरुद्ध बलात्कार तथा यौन शोषणसम्बन्धि उजुरी छ । प्रारम्भिक छानबिन नै नगरी प्रहरीेले बलात्कारको जाहेरी दर्ता गरिसकेको छ । डिएसपीलाई रिस उठेपछि बलात्कारको मुद्दा दायर भएको हो ।

घटनाको पृष्ठभूमि रमाइलो छ । पाठकको स्थानीय व्यक्तिसँग लेनदेनको विवाद भयो । प्रहरीले गत महिना लगेर ती व्यक्तिलाई थुनामा राख्यो । तर, लेनदेनको प्रमाण थिएन ।

त्यसपछि ती व्यक्ति राष्ट्रिय मानव अधिकार आयोग पुगे । आयोगका सदस्य सुदीप पाठक उनका चिनजानका व्यक्ति थिए । सदस्य पाठकले ती व्यक्तिलाई बिना प्रमाण पक्राउ नगर्न भन्दै चेतावनीपूर्वक पत्र लेखे ।

आयोगको पत्रले बौद्ध वृत्तका डिएसपी नवीन कार्कीलाई आक्रोशित बनायो । उनको अर्काे पक्षसँग दोस्ती थियो । त्यसकारण महिलालाई बलात्कारमा उजुरी दिन लगाइयो । मानव अधिकार आयोग प्रयोग गरी आफुलाई तर्साउन खोजेको प्रतिशोधमा डिएसपी कार्कीले त्यसरी पाठकविरुद्ध बलात्कार मुद्दा दर्ता गरेका हुन् । जुन विषयले कार्की विवादमा परेका छन् ।

उता बौद्ध वृत्तकै इनसपेक्टर कृष्ण श्रेष्ठले कार्यालयमा उपरखुट्टी लगाएर बसेकोमा एक युकवलाई ६ घन्टा थुनेको छन् । गत १४ साउनमा स्थानीय मोहन लामा उजुरी लिएर वृत्तमा गएका थिए । आफ्नो अगाडि उपरखुट्टी लगाएर बसेको भन्दै इन्सपेक्टर श्रेष्ठले गैरकानुनीरुपमा थुनेको भन्दै उनले माथिल्लो निकायमा उजुरी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्