काठमाडौँ, २७ साउन ।
गोंगबुमा भएको विभत्स हत्यामा एक महिलाले गरेको खुलेको छ । आफ्नो फोटो फेसबुकमा राखेको प्रतिशोधमा कल्पना मुडभरी पौडेलले रोल्पाका कृष्णबहादुर बोहरालाई बेहोस बनाई हत्या गरेरे शरिर टुक्रा टुक्रा बनाई हत्या गरेको प्रहरीले जनाएको छ ।
चितवनबाट सोमबार बेलुका पक्राउ परेकी पौडेललाई प्रहरीले मंगलबार बिहान काठमाडौँ ल्याइ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
प्रहरीलाई दिएको बयानमा कल्पनाले रोल्पाका कृष्णबहादुर बोहोराको आफैंले हत्या गरी शव काटेर फालेको स्वीकार गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन्।
कल्पनाले कृष्णबहादुरलाई दहीचिउरा, रक्सी मासु खुवाएको र त्यसपछि हत्या गरेको स्वीकार गरेको एसएसपी ज्ञवालीले जानकारी दिएका छन्। दहीमा नसालु पदार्थका पाँचवटा ट्याब्लेट मिसाएर खुवाएपछि बेहोस भएका कृष्णबहादुरको अण्डकोशमा प्रहार गरेको कल्पनाले स्वीकार गरेकी छन्। अभियुक्त फिल्म क्षेत्रको कलाकार भएको समेत प्रहरीले जनाएको छ ।