Logo
Logo

वन कार्यालयका प्रमुखसहित ६ जना पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ साउन ।
घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख शिवनारायण यादवसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।


सहायक वन अधिकृत यादवसमेतले सेवाग्राहीसँग १७ हजार घुस लिएको आरोपमा अनुसन्धान गर्न अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा घुसबापतको रकम फेला परेकाले सहायक वन अधिकृत यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुर उदयपुरका प्रमुख बिनोदकुमार साह, फरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका फरेष्टर विशेश्वर चौधरी तथा वन रक्षकहरु शैलेन्द्र झा र मनोज कुमार राउतलाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई मंगलबार आयोगको कार्यालय इटहरीमा ल्याइएको र थप अनुसन्धानपछि केन्द्रीय कार्यालय टंंगाल ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्