Logo
Logo

मेयरका बाउ छोराविरुद्ध भ्रष्टाचार मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ साउन ।
सिरहाको कल्याणपुर नगरपालिका नगर प्रमुख सूर्यनाथ मण्डल धानुक र उनका छोराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पाँच लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

छोरा सन्त कुमार मण्डललाई आयोगले पाँच लाखसहितका पक्राउ गरेकोमा अनुसन्धानको सिलसिलामा कल्याणपुर नगरपालिका सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुक र छोरा मण्डलले मिलेमतो गरी डिपिआर निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीको लागि काटिएको विभिन्न चेकसमेत नदिई चेक दिन घुस कमिशन माग गरी सेवाग्राहीले नियमानुसार पाउनुपर्ने भुक्तानीको चेक नियन्त्रणमा राखी हैरानी दिएको आयोगले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज नगर प्रमुख (मेयर) सूर्यनाथ मण्डल धानुकलाई बिगो रु.५,००,०००र( (पाँच लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको मागदाबी अनुसार मुद्दा दायर गरिउको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्