काठमाडौं, ३१ साउन ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवगठित कार्यदलले आजदेखि आफ्नो काम सुरू गर्ने भएको छ।
‘आज बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलपछि पार्टीको समस्या समाधान गर्न म सहित ६ जनाको कार्यदल बनेको छ। सम्भवतः भोलि (शनिबार)देखि नै सो कार्यदलको बैठक अघि बढ्नेछ,’ कार्यदलका एक सदस्य सुरेन्द्र पाण्डेले शुक्रबार ट्विटरमा लेखेका छन्। स्रोतका अनुसार शनिबार ने कार्यदलको पहिलो बैठक बस्न लागेको छ ।
कार्यदलको बैठक शनिबार १२ बजे बस्ने बताइएको छ। शुक्रबार बालुवाटारको छलफलबाट नेकपा महासचिव विष्णु पौडेलको नेतृत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल गठन गरिएको थियो।