काठमाडौं, १ भदौ । नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको छ । प्रति शेयर रु. १०० दरले १,३५,९२,५९२ कित्ता हकप्रद शेयरको रु १,३५,९२,५९,२०० (अक्षरेपी एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय मात्र) रकम बराबरको हकप्रद शेयर निश्काशन गर्न लागेको हो ।
उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।