Logo
Logo

सम्पत्ति जोगाउन देउवाको शरणमा


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौं, २ भदौ । महामारीको बेलामा पनि पार्टी प्रवेशका गतिविधि रोकिएका छैनन् । कांग्रेसका नेता–कार्यकर्ता नेकपामा तथा नेकपाका कांग्रेसतर्फ लागिरहेका छन् । गत साता कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमै पार्टी प्रवेश कार्यक्रम राखे ।

कार्यक्रममा दुई म्यानपावर व्यवसायी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । विगतमा तत्कालिन एमाले निकट रहेका भिम रोक्का र बलभन्द्र ढकाल कांग्रेस प्रवेश गरेका हुन् । उनीहरु दुवै जना सम्पत्ति जोगाउन कांग्रेसमा प्रवेश गरेको स्रोत बताउँछ ।

याक्का ओभरसिजका सञ्चालक रहेका रोक्काले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको सम्पत्ति चलाउँदै आएका छन् । पूर्व आयुक्तका छोरा कमल बस्नेत उनका पार्टनर नै हुन् । रोक्काको नाममा अकुत सम्पत्ति जम्मा गरेको सुराकीका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । नेकपाका नेताहरुले चासो नदिएपछि उनी कांग्रेस प्रवेश गरेको स्रोत बताउँछ ।

बस्नेतले करोडौं सम्पत्ति थुपारे पनि आफ्नो र परिवारको नाममा राखेका छैनन् । त्यसमध्ये धेरै रोक्काकै नाममा रहेको छ । सोही आधारमा विभागले रोक्काको सम्पत्ति समेत छानबिन गरिरहेको छ ।

त्यस्तै त्यस्तै प्रोटिच नेपाल मेनपावरका सञ्चालक ढकालको सम्पत्ति पनि विभागले छानबिन गरिरहेको छ । उनले पनि सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन् । तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फाइल तामेलीमा राख्न नमानेपछि उनी पनि कांग्रेस प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्