Logo
Logo

नेपाल क्योकुशिनद्वारा सम्मान प्रदान


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौं, २ भदौ । नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघले एक कार्यक्रमबीच विभिन्न खेलाडी तथा व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा हालै पुनः नियुक्त भएका राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाललाई पाँचौ डानको प्रमाणपत्रसहित सम्मान प्रदान गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको ‘कोभिड–१९’विरुद्ध ‘घरमै स्वथ्य र सुरक्षित बसौँ’ भन्ने नाराका साथ आयोजित ‘बधाई तथा सम्मान कार्यक्रम-२०७७’मा सदस्य सचिव सिलवाललगायत विभिन्न व्यक्तित्वहरुलाई पनि डान तथा सम्मान गरिएको थियो ।


कार्यक्रममा वल्र्ड क्योकुशिन काई अर्गनाइजेशन जापानको आयोजनामा भएको ‘भर्चुअल क्योकुशिन कराते काँता प्रतियोगिता–२०२०’मा नेपालको तर्फबाट सहभागी भई दोस्रो स्थान हासिल गर्न सफल खेलाडीमध्येबाट काभ्रेका प्रशिक्षक कृष्णकुमार श्रेष्ठलाई सम्मान तथा बधाई दिइएको थियो । कृष्णले पुरुषतर्फ ३५ वर्ष माथिको उमेर समूमा दोस्रो भएका थिए ।


संघको अध्यक्ष सिहान अशोककुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष हेमा मानन्धरले स्वागत मन्तव्य राख्दै नेपालमा क्योकुशिन करातेको खेलको भविष्य उज्ज्वल रहेको बताइन् । कार्यक्रममा संघको सिनियर खेलाडीहरुको बेल्ट प्रमोशन टेस्ट पनि लिइएको थियो । साथै, कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मानन्धरलाई मानार्थ तेस्रो डानको प्रमाणपत्र, कोषाध्यक्ष निर्मल कर्मचार्यलाई मानार्थ तेस्रो डान र सदस्य सुन्दर प्रजापतिलाई मानार्थ दोस्रो डानको प्रमाण पत्र प्रदान गरिएको थियो । सदस्य सचिव सिलवालको प्रमुख आतथ्यमा आयोजित कार्यक्रममा मदन भण्डारी स्पोर्टस क्लवका उपाध्यक्ष धुव्र आचार्य, ‘मिस नेवा’ नितु डंगोल, प्रजिता श्रेष्ठ, प्रदिका महर्जनलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्