Logo
Logo

ग्लोबल आइएमई बैंकद्वारा कल सेन्टरको सुरुवात


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवनशैलीसँगै ग्राहकहरुको बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एकद्वार प्रणालीअनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ ।

ग्लोबल कनेक्टले अहिलेको डिजिटल युगको आवश्यकतानुसार बैंकका ग्राहकहरुको मागलाई सम्बोधन गर्ने बैंकले जनाएको छ । ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ देखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागि सम्पर्क गर्न सक्नुहुनेछ ।

ग्राहकहरुले +९७७–१–५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नुहुनेछ । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीहरुलाई थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जालसहित २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्