काठमाडौं । माछापुच्छरे बैंक र नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन बीच एशोसिएशनसंग प्रत्यक्ष र अप्रत्यक्षरुपमा आवद्ध रहेका कानून व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
माछापुच्छरे बैंक र नेपाल बार एशोसिएशनबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा बार एशोसिएशनको तर्फबाट महासचिव लीलामणि पौडेलले हस्ताक्षर गरेका छन् । नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनका रुपमा रहेको नेपाल बारमा करिब २० हजार सदस्य आवद्ध रहेका छन् । सम्झौतापछि बार एशोसिएशनका सदस्यले माछापुच्छरे बैंकका सम्पूर्ण शाखामार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सेवाहरुमा विशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् ।
सरल र सहजरुपमा ग्राहकहरुलाई विभिन्न आर्कष योजनाका साथ सेवा प्रदान गर्दै आइरहेको बैंकले हालै मात्र नेपाल चिकित्सक संघ, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशनलगायतका संस्थासंग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा आवद्ध व्यक्ति तथा संस्थालाई बिशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्धेश्यले सम्झौता गरेको थियो ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छरे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १५९ शाखा, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९७ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ एटिएम तथा एक हजारभन्दा बढी पिओएसमार्फतबाट ग्राहक महानुभावलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।