Logo
Logo

भारतमा २८ लाखभन्दा बढी सक्रमित, एकैदिन झण्डै ७० हजार थपिए


- दृष्टि न्युज/संवाददाता

0
Shares

नयाँदिल्ली, ४ भदौ (एजेन्सी) । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना संक्रमित भेटिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल संक्रमित संख्या २८ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार भारतमा अहिलेसम्म २८ लाख ३६ हजार ९२६ संक्रमित भएका हुन् । तीमध्ये छ लाख ८६ हजार ३९५ जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ५३ हजार ८६६ पुगेको छ । तीमध्ये ९७७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतमा कुल संक्रमितमध्ये २० लाख ९६ हजार ६६५ जना संक्रमणमुक्त भएका छन् । यो संख्या सन्तोषजनक रहेको अधिकारीहरुले बताएका छन् ।

प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । त्यसपछि तमिलनाडु, कर्नाटक, दिल्ली लगायतका प्रदेशहरु बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्