काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २०७७ भदौ १ सोमबार लमजुङ, बेँसीशहरस्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४१औँ एक्सटेन्सन काउण्टरको उद्घाटन कोलेनिका लमजुङका प्रमुख भगवान्प्रसाद उप्रेती र भूमिसुधार तथा मालपोत कार्यालय बेँसीशहरका प्रमुख केशवप्रसाद पौडेलले संयुक्तरुपमा गरेका थिए ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । भूमिसुधार तथा मालपोत कार्यालय बेँसीशहरअन्तर्गतका सेवाग्राहीलगायत अन्य सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरिएको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जालसहित २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।