Logo
Logo

डिजिटल बैंकिङलाई लक्ष्य गरी सनराइजले ल्यायो नारी बचत खाता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । डिजिटल माध्यममा नयाँनयाँ सेवा र सुविधा प्रदान गर्दै अघि बढिरहेको सनराइज बैंकले महिलालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सनराइज नारी बचत खाता सुरुआत गरेको छ । तीजको विशेष अवसर पारेर सुरुआत गरेको उक्त खाताले महिलाको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास लिएको जनाएको छ ।

उत्सवको मौसमलाई मध्यनजर गर्दै बैंकले उक्त खाता शून्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिटकार्ड, मोबाइल बैंकिङ र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलालाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्थासमेत गरेको छ । साथै महिलाले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा दुई हजार रुपैयाँसम्मको क्यासब्याक दिने व्यवस्थासमेत गरेकोे छ ।

विभिन्न स्वास्थ्य बीमासमेत समावेश रहेको उक्त खाता हाल लकडाउनको अवस्थामा ग्राहकले घरमै बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्