Logo
Logo

ओली पाँचै वर्ष प्रधानमन्त्री हुने, मन्त्रीहरु हेरफेरको तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ भदौ ।
केपी शर्मा ओली पाँचै वर्ष सरकारमा रहने भएका छन् । पार्टी भने अर्का अध्यक्ष प्रचण्डले चलाउने भएका छन् ।


नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने गरी प्रतिवेदन बुझाएको हो । महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदलले पार्टीका कामहरूको जिम्मेवारी भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई दिन सुझाव दिएको छ। यसअघि मंसिर ४ गते पनि प्रधानमन्त्री ओली पाँचै वर्ष प्रधानमन्त्री रहने र प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने निर्णय भएको थियो। तर, त्यो निर्णय कार्यान्वायन नभएपछि विवाद बढेको थियो ।
साथै कार्यदलले मन्त्रीहरु हेरफेर गर्न भनेको छ । प्रदेश सरकारका मन्त्रीहरु समेत हेरफेर हुने भएका छन् । कार्यदलले अमेरिकी विकास परियोजना एमसिसी परिमार्जन नगरी पारित गर्न नहुने सुझाव दिएको छ। कोभिड(१९ को रोकथामका लागि प्रभावकारी तरिकाले अगाडि बढ्न सुझाव दिएको कार्यदलले सीमा विवादलाई कुटनीतिक तवरले समाधान गर्नुपर्ने भनेको छ।

प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउन कार्यदल बनाउने समेत प्रतिवेदनमा उल्लेख छ। महाधिवेशन चैतमै सम्पन्न गर्ने तथा पार्टीलाई विधि अनि पद्धतिमा चलाउन समेत कार्यदलले सुझाव दिएको छ।
राजनीतिक नियुक्तिहरू गर्ने, पार्टी एकतालाई आत्मसात गर्दै दुई अध्यक्षले सल्लाह गरेर अघि बढ्ने लगायत कुरा पनि प्रतिवेदनमा छन्।

प्रतिक्रिया दिनुहोस्