काठमाडौं, ७ भदौ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा एक सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
केही दिनयता भक्तपुरमा संक्रमण बढीरहेको छ । भक्तपुरमा शनिबार ५० जनामा देखिएकोमा आइतबार २६ जना थपिएका छन् ।
त्यस्तै देशभरी ८ सय १८ जना नयाँ संक्रमित थपिएका छन् । यो एकै दिन थपिनेमा दोस्रो धेरै संख्या हो ।