काठमाडौं, १० भदौ ।
सायद देशमा यतीबेला कुलमान घिसिङ सर्वाधिक लोकप्रिय व्यक्तिमा पर्दछन् । नेपाल बिद्युत् प्राधिकरणको नेतृत्व सम्हाले लगत्तै उनले लोडसेडिङ क्रमश घटाएर अन्त्य गरे । प्राधिकरणलाई नाफामा लगे ।
उनै घिसिङको कार्यकाल सकिन लागेपछि यतीबेला उनको कार्यकाल थप्न नागरिक तहबाट अभियान नै सुरु भएको छ । यही क्रममा मंगलबारको मन्त्रिपरिषद्को बैठकले घिसिङको कार्यकाल थप गरेको भन्दै सामाजिक सञ्जालमा बधाई दिने प्रतिस्पर्धा नै चल्यो ।
कतिसम्म भने उनको नाममा नक्कली अकाउन्ट बनाएर धन्यवाद दिने काम समेत भयो । यस्तो गतिविधिबाट उनी दुःखी भएका छन् । नक्कली अकाउन्टबारे उनले बुधबार सचेत गराएका छन् ।
केही व्यक्तिहरु घिसिङलाई हटाएर आफु अनुकुलको व्यक्तिलाई ल्याउने प्रयासमा छन् । जसले कुलमानलाई विवादमा पार्नै काम गरेका छन् ।