Logo
Logo

लमजुङमा एक सञ्चारकर्मीसहित दुई जनालाई कोरोना


- दृष्टि न्युज/संवाददाता

0
Shares

लमजुङ, १२ भदौं । जिल्लामा एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
संक्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका–४ का ३१ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । संक्रमित महिला भने करिब पाँच दिनअघि भारतबाट आएका थिए । उनी पालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।
संक्रमित सञ्चारकर्मीलाई बेँसीशहर नगरपालिका–७ मा रहेको शहरी विकास भवनमा निर्माण गरिएको आइसोलेशन र महिलालाई भने बेँसीशहरमै रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
जिल्लामा हालसम्म ११ महिलासहित १४५ जना कोरोना संक्रमित भएकामध्ये नौ जना महिलासहित १११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । हाल दुई महिला र ३२ जना पुरुष गरी ३४ जना जिल्लाको विभिन्न आइसोलेशनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्