Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा ईश्वर पोखरेलका सम्धीको बचाउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्रा डा उपेन्द्र पोखरेलको नियुक्तिको बचाउ गरेका छन् । योग्य भएकाले नै कोइरालाको नियुक्त गरिएको उनको भनाई छ ।


प्राइम टिभीमा ऋषि धमलासँगको अन्तर्वातामा उनले कोइरालालाई योग्यताकै आधारमा राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त गरिएको बताका हुन् । ‘उहाँ ईश्वर पोखरेलको सम्धी हुुुनुभन्दा पहिले नै प्राध्यापक भइसकेका थिए, भिसि भएर काम गरिसकेका थिए,’ ओलीले भने,‘यदी कोही क्षमतावान मान्छे योग्य भयो भने उसको प्रतिस्पर्धा गर्ने हक नै नहुने ? ’
सरकारले सबै नियुक्तिहरु योग्यताकै आधारमा गरिएको उनको भनाई थियो ।

सरकारले सबै नियुक्तिहरु योग्यताकै आधारमा गरिएको उनको भनाई थियो । ओम्नी समूहलाई आफूलाई चिन्दै नचिनेको ओलीले बताए । कतै अनियमितता भएलगत्तै आफुले छानबिन गर्ने उनको भनाई छ ।

डियाले तथ्य बाहिर गएर समाचार लेखेको भन्दै उनले आक्रोश पोखेका छन् ।मिडियाले अफवाह फैलाएको मात्र नभई ब्लाकमेलिङ गरीरहेको र त्यसको पाप धुरीबाट कराउने समेत ओलीको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस्