Logo
Logo

नेपालमा नयाँ रेकर्डः एकैदिन १२२१ जनामा संक्रमण, उपत्यकामा थप ४२९


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ भदौ ।
नेपालमा अहिलेसम्मकै उच्च संक्रमण आइतबार भएको छ । पछिल्लो २४ घन्टामा देशभरी एक हजार दुई सय २१ जनामा संक्रमण भएको छ ।


उपत्यकामा ४ सय २९ जना संक्रमित थपिएका छन् । जसमध्ये तीन सय ७२ काठमाडौं, ४५ जना भक्तपुर र १२ जना ललितपुरका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा एकै दिन भेटिएको यो अहिलेसम्मकै उच्च संक्रमण हो । निषेधाज्ञा सुरु भएको ११ दिन बित्दा पनि उपत्यकामा संक्रमण घटेको छैन ।

त्यस्तै पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ भने २ सय ६७ जना डिस्चार्ज भएका छन् । नेपालमा कुल संक्रमितको संख्या ३८ हजार पाँच सय ६१ पुगेको छ । त्यस्तै, मृत्यु हुने २ सय २१ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्