Logo
Logo

मन्त्रिपरिषद् बैठकः दुई वाणिज्यदूत नियुक्त, यातायात र शिक्षण संस्था भदौ अन्तिमसम्म बन्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ भदौ ।
मन्त्रिपरिषद्को बैठकले भदौ अन्तिमसम्म लामो दुरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको बैठकले शैक्षिक संस्था पनि भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।


यसअघि सरकारले १ भदौदेखि लामो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेपनि कोरोना संक्रमण ह्वात्तै बढेपछि रोकिएको हो ।
त्यस्तै सरकारले हङकङ र ल्हासामा महाबाणिज्यदूत नियुक्त गरेको छ । हङकङमा उदय राना र ल्हासमा नवराज ढकाललाई नियुक्त गरिएको हो । उनीहरु दुवै जना सहसचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्