Logo
Logo

न भोक, न निन्द्रा : त्रिपालभित्र जाग्राम


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ भदौ । सहरमा कोरानाको त्रास छ । जनता लकडाउनका कारण घरभित्रै बन्दी छन् । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न पछिल्लो दुई साता यता काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । उपत्यकामा मात्र होइन, देशका ५० भन्दा बढी जिल्लामा स्थानीय सरकारले निषेधाज्ञा जारी गरेका छन् । तर, सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई न कोरोनाको त्रास छ, न त निषेधाज्ञाकै प्रभाव । उनीहरुको एउटै चिन्ता बाढीपहिरोबाट कसरी ज्यान बचाउने ।

अस्थायी त्रिपाल टाँगेर बाढीपहिरो पीडितहरु रातभरी राम्ररी सुत्न सकेका छैनन् । ‘बाढीको त्रासले न भोक लाग्छ, न त निन्द्रा नै’ सुरक्षित बास नहु“दा रातभर अनि“दो बस्नुपरेको सुनाउँदै तिपेनीका चन्द्रकुमारी श्रेष्ठको गुनासो गरे, ‘कतिखेर बाढीपहिरोले बगाउ“ला भन्ने एउटै चिन्ता छ ।’

पहिराकै कारण सिन्धुपाल्चोकको पा“च पोखरी थाङपाल–८ तिपेनीका स्थानीय करिब महिना दिनयता सुरक्षित स्थान र सहाराको पर्खाइमा छन् । टेण्टभन्दा अरु केही नभएकाले सुरक्षित बास नहु“दा रातभर अनि“दो बस्नुपरेको छ । तिपेनीका १९ घर परिवार अहिले पालमुनी रात बिताउन बाध्य छन् । १८ साउनमा आएको पहिराले घर पुरिएका छन् भने पा“चपोखरी पर्यटन मार्गको मुख्य सडक अबरुद्ध छ ।

दुई सय मिटरभन्दा माथिबाट खसेको पहिराका कारण बिस्थापित बनेका अर्का स्थानीय बलराम धितालले सुरक्षित ठाउ“मा स्थानान्तरणको माग गरेका छन् । बाढीपहिराको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यतामात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कयौ“ मानिस घरबारविहीन बनेका छन् ।

पहिराको कारण विस्थापित बनेका स्थानीयले प्रतिघर एक थान टेण्ट बा“डेर गाउ“पालिका पन्छिएको छ । वैकल्पिक बाटो खोलेपछि जोखिमयुक्त घरमा थप क्षति हुन नदिन पालिकाले कुनै पहल नगरेको स्थानीयको गुनासो छ । घरमाथिबाट निरन्तर पहिरो खसिरहेपछि सुनकोसी–६ धुसेनिका स्थानीय इन्द्रबहादुर भन्डारी छिमेकीको घरमा आश्रय लिँदै आएका छन् । तत्काल सुरक्षित स्थानमा बासस्थान व्यवस्था गर्न उनले आग्रह गरेपनि अहिलेसम्म सुनुवाइ नभएको उनीहरुको गुनासो छ । ‘तीन बन्डल जस्तापाता पाउनसके सुरक्षित ठाउ“मा टहरो बनाएर बस्ने थिए’, भण्डारीले दुःख पोखे ।

पहिराले सुनकोशी गाउ“पालिका–६ का दर्जनाँै“ घर जोखिममा परेको छ । त्यहाँका स्थानीयले जीउधनको रक्षा गरिदिन बारम्बार स्थानीय सरकारमार्फत केन्द्र सरकारलाई आग्रह गरेका छन् । गत साल पनि पहिरो आएको र आफूहरु अन्यत्र जान नसक्ने अवस्थाका कारण पेलेरै बसेको बताउँदै उनले भने, ‘यसपटक भने गाउँमा बस्नै नसकिने अवस्था निम्तिएको छ ।’

अविरल वर्षापछि आएको पहिराले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुन्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालसहितका १५ घर पहिराको जोखिममा परेका छन् । स्थानीय राजु दाहालले भने, ‘अविरल वर्षा ह“ुदा घर बगाउ“छ कि भनेर हामी रातभर जागा बस्न थालेका छौँ । आ“गन लगिसक्यो, अब कुन दिन लैजाने हो ।’

सिन्धुपाल्चोकमा २४२ बस्ती बाढीपहिराको जोखिममा रहेको बताइएको छ । पुनर्निर्माण प्राधिकरणका प्राविधिकले गरेको अध्ययनअनुसार यो तथ्यांक आएको हो । तथ्यांकका आधारमा गाउँपालिका भोटेकोशीमा ४९ र बलेफीमा १४ तथा नगरपालिका बाह्रबीसे २३ र चौतारा सा“गा चोकगढी नगरपालिकामा चार बस्ती जोखिममा छन् ।

त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंगुमा १०, मेलम्चीमा १९, पा“चपोखरी थाङ्पालमा ३२, सुनकोशीमा एक र त्रिपुरामा चार बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जनाए ।

प्रतिक्रिया दिनुहोस्