काठमाडौं, १६ भदौ ।
निषेधाज्ञा सुरु भएको दुई साता हुँदा पनि उपत्यकामा हालसम्मकै उच्च संक्रमण देखिएको छ । मंगलबार चार सय ८१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं जिल्लाका तीन सय ९३ जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जिल्लाका ३० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा लगाइएको थियो । बुधबारबाट फेरि थप्ने सम्भावना रहेको गृह मन्त्रालयको भनाई छ ।
देशभरी एक हजार ६९ जनामा संक्रमण देखिएको छ भने पछिल्लो २४ घन्टामा सात सय ६८ जना डिस्चार्ज भएका छन् ।
नेपालमा कुल संक्रमितको संख्या ४० हजार पाँ चसय २९ पुगेको छ त्यसमध्ये २२ हजार एक सय ७८ जना डिस्चार्ज भएका छन् ।