काठमाडौं, १८ भदौ ।
नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेको छ । यससँगै अर्थमन्त्री डा युवराज खतिवडा पदबाट हट्ने निश्चित भएको छ।
पर्टीको निर्णयअनुसार वामदेवलाई राष्ट्रियसभामा सिफारिस गर्ने जानकारी प्रधानमन्त्री केपी शर्मा अोलीले बैठकमा गराएको प्रेस सल्लाहकार सूर्य थापाले बताए । साथै बैठकले विवाद समाधान समितिको प्रतिवेदन स्थायी समितिमा पेश गर्ने निर्णय गरेको छ ।
डा खतिवडाको कार्यकाल शनिबारसम्म भएकाले अब त्यसपछि नयाँ अर्थमन्त्री नियुक्त हुने भएका छन् ।