काठमाडौं, १८ भदौ ।
लामो प्रयासपछि नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने पक्का भएको छ । नेकपाको बिहीबारको सचिवालय बैठकले उनलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभा सदस्यसँगै वामदेव उपप्रधानसहित अर्थमन्त्री बन्ने लबिङमा लागेका छन् । स्रोतका अनुसार वामदेवले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव राखेका छन् । राष्ट्रियसभा सदस्य नभएसँगै अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल शनिबारबाट सकिदैछ ।
तर, उनी मन्त्री बन्न संवैधानिक अवरोध गरेको कानूनविद्हरुले बताएका छन् ।
संविधानको धारा ७८ को उपधारा ४ मा प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्ति मन्त्री हुन नसक्ने प्रष्ट प्रावधान छ । त्यसकारण वामदेवलाई सरकारमा जान संवैधानिक अड्चन छ ।
हेर्नुहोस् संवैधानिक प्रावधान–