काठमाडौं, १९ भदौ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट राजिनामा दिएका छन् । राष्ट्रियसभा सदस्यमा सिफारिस नभएपछि उनले राजिनामा दिएका हुन् । बालुवाटार पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका छन् ।
शनिबारदेखि उनको कार्यकाल सकिन लागेको थियो ।संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्ती बनेका खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ। संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ।
नेकपाले राष्ट्रियसभामा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई लैजाने तयारी गरेको छ ।
नयाँ अर्थमन्त्रीमा वामदेवदेखि विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायत प्रतिस्पर्धामा छन् ।