Logo
Logo

शहरमा जसको चर्चा छ


- लक्ष्मण देवकोटा

0
Shares

  • लक्ष्मण देवकोटा

शहरमा वामदेव गौतमको चर्चा छ । जो चुनाव हारेर पनि प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् । कुनै ज्योतिषले उनलाई प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेकै भरमा माक्र्सवादी विचार बोकेका गौतम बुरुक्क उफ्रँदै राष्ट्रियसभामा पुगेका छन् । महत्वकांक्षी गौतमको यही कमजोरीलाई समाएर प्रधानमन्त्री केपी शर्मा ओलीले उनको टुप्पी समाएर उनलाई पटक–पटक रिंगाएको उनले पत्तो कहिले पाउने हुन् थाहा छैन । गौतमको राष्ट्रियसभामा प्रवेशपछि प्रधानमन्त्री बन्ने उनको सपना तुहिएको छ । चुनाव हारेका व्यक्तिलाई मन्त्री पनि हुन नपाउने व्यवस्था संविधानले गरेको छ । ओलीले आफ्नो सत्ता जोगाउन गौतमलाई पटक–पटक प्रयोग गर्दै आएका छन् । तर ओलीको भित्री रोजाइमा उनी पर्दैनन् भन्ने कुरा उनले अझै बुझेका छैनन् । बुझेका भए उनी फागुन १४ गते नै राष्ट्रियसभा सदस्यमा मनोनित हुन्थे । त्यस दिन सचिवालयले उनको नाम सिफारिस गरेको केही घण्टामै ओलीले उनको नाम अस्वीकार गरेका थिए । गौतमको ढुलमुले चरित्रकै कारण उनी पटक–पटक नेपालको राजनीतिमा प्रयोग भइरहेका छन् । जनताले निर्वाचनमा हराएपछि आफ्नो भूगोलमै बसेर जनताको मन जित्न छाडेर उनीले राष्ट्रियसभाको भ¥याङबाट संसद् प्रवेशको जुन तयारी उनले गरे त्यो उनको राजनीतिक भविष्यको लागि अन्त्यको संकेत हो ।

होइन, साँच्चै नै कम्युनिष्ट पार्टीलाई विधि, पद्धति र सिद्धान्तसम्मत ढंगबाट चलाउन नेकपाभित्र विरोधको स्वर उठेको हो भने विधिसम्मत ढंगबाटै पार्टीभित्रको विकृति र विसंगति अन्त्य गरिनुपर्छ । नेकपा कार्यदलले पनि पार्टीलाई नेताप्रधान होइन, नीति प्रधान बनाउन सुझाव दिएको छ । अब नेकपाका नेताहरु कार्यदलको सुझावअनुरुप विधिसम्मत ढंगबाट चल्नुको विकल्प छैन । सचिवालय, स्थायी कमिटी बैठकमा उठेका मुद्दा पार्टीको औपचारिक बैठकबाटै टुंग्याउनुपर्ने हो । त्यसो नभएर कार्यदल नै गठन गर्नुपर्ने अवस्था सिर्जना हुनु पनि विधि र प्रक्रियासम्मत होइन ।

नेकपामा गौतमको लफडा भइरहँदा अस्पतालको दैलोबाट फर्काइएका महिला, घरकै क्वारेन्टाइनमा छटपटाइरहेका गर्भवतीहरुको मृत्युको खबर सामान्य लाग्न थालिसकेको छ । लकडाउनले श्रमिक, मजदुर र निम्न आय भएका निमुखा जनताको हातमुख जोर्ने बाटो बन्दछ । कसको घरमा चुलो बल्न छाड्यो, त्यसको खोजी हुने कुरै भएन । मृत्युको कोलाहल र कर्कश स्वरका बीच गौतमको राष्ट्र«वादीय गीतमा नेकपा घन्किरहेको छ । लाखौं नेपाली विदेशमा अलपत्र छन् । लाखौं युवा देशमा भविष्य खोजिरहेका छन् । तिनको व्यवस्थापन कसरी गर्ने ? सरकारसँग कुनै योजना छैन । मुलुकमा कम्युनिष्ट पार्टीको दुईतिहाइको सरकार त छ तर कहाँ छ ? श्रमिक जनतालाई अत्तोपत्तो छैन ।

पटक–पटक सत्ता स्वादले पुस्तौँ पुग्ने सम्पत्ति र शक्ति केन्द्रमा पकड जमाइरहेकाले होला कम्युनिष्ट पार्टीका नेताहरुको मनोवृत्ति शासकीय हुँदै गएको जस्तो लाग्छ । खेत खलिहान, भोका सारङ्गीजस्ता पेट होइन, अब त बार्दलीबाट देखिने हिमालमा राष्ट्र«वाद र राष्ट्र«भक्तिको गीत सुसाएको देखिन्छ । लामो समयको माओवादी जनयुद्धको घाउ, थिलोथिलो भएको अर्थतन्त्र र कोरोना संक्रमणले समुदाय गाँज्दै गरेको अवस्थामा दुईतिहाइ निकट सत्ताधारी नेताले खोलानालामा राष्ट्रभक्ति सुसाएको देख्नुपर्ने हो अथवा दूरदराजमा स्वास्थ्य उपचार पु¥याउने पार्टीको चुस्तदुरुस्त अभियानको नेतृत्व गर्नुपर्ने हो ? प्रश्न यो हो । नेता भएर गीत लेख्न, गाउन र सिर्जनात्मक काम गर्न पाइन्छ, गर्नु पनि पर्दछ । तर जनताको संगठनमा लागेको कम्युनिष्टको नेतालाई नैतिक जिम्मेवारीको अनुभूति पनि गीतमा समेटिएको हुनुपर्दछ ।

गुनासो वामदेवसँग मात्र होइन । वामदेवले महाकाली सन्धि मूर्दावाद भन्दा यो लेखकका पनि मुड्की बटारिँदै उठेका हुन् । तिनै वामदेवको पछि लाग्दा धेरै जिल्ला र केन्द्र स्तरकै नेताको राजनीतिक जीवन महाकालीमा बगेर अलप भयो । ती अहिले छायाँ जीन्दगी बिताइरहेका छन् । न पार्टी छोड्न सक्छन्, न कतै जिम्मेवारी नै प्राप्त छ । जिम्मेवारी नै नभएपछि काम हुने र देखिने कुरा नै भएन । जिन्दगी खर्चिएको पार्टी छोड्न पनि सकिरहेका छैनन् ।

नेपालजस्तो न्यून उत्पादन भएको तर, उपभोग चरम भएको मुलुकमा बिक्ने भनेकै राष्ट्रवादको फण्डा हो । जसले जतिसक्यो यही गरिबीलाई उचालेर राजनीति गरेकै छ । हुने नहुने सब सपनाको खेती गरेर मान्छेहरुलाई अल्मल्याएकै छ । यही अल्मल्याइमा खास सम्बोधन हुनुपर्ने ठाउँ उस्तै रहने, शासन सत्ता टिकिरहने खेल चलिरहेकै छ ।

नेपाल जस्तो न्यून उत्पादन भएको तर, उपभोग चरम भएको मुलुकमा बिक्ने भनेकै राष्ट्रवादको फण्डा हो । जसले जतिसक्यो यही गरिबीलाई उचालेर राजनीति गरेकै छ । हुने नहुने सब सपनाको खेती गरेर मान्छेहरुलाई अल्मल्याएकै छ । यही अल्मल्याइमा खास सम्बोधन हुनुपर्ने ठाउँ उस्तै रहने, शासन सत्ता टिकिरहने खेल चलिरहेकै छ ।

घुमाउरो शैलीमा सत्ता जोगाउन अब एमसीसी पास गर्ने लाइनमा उभिने संकेत संस्थापनले देखाउन थालेको छ । पार्टी नीति र विधिमा भन्दा व्यक्तिवादी सनक चलेको छ । जनताले दुईतिहाइ दिएको सरकार आज ढल्ने हो कि भोलि भन्ने अवस्थामा छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ आकाशको फल बनेको छ । देशमा भ्रष्ट, अनैतिक, बिचौलिाहरुको बोलवाला छ । सरकार पार्टीले होइन, तिनै बिचौलिया र कमिशनखोरहरुले चलाइरहेका छन् । जनताले दलाल पूँजीवादी सरकार र कम्युनिष्ट सरकारबीच फरक पाउन छाडेका छन् । मल नपाएर किसानहरु सरकारलाई धिर्कार्दै रित्तोहात घर फर्किएका छन् ।

जनतासँग टाढिएर बजाइने बेतुकका बाँसुरीहरुको सान्दर्भिकता हाम्रो समाजमा विस्तारै सकिँदै गएको छ । सत्ता प्राप्तिका निम्ति नीति सिद्धान्त र देशभक्तिको लिस्नू बनाउने दोग्लो चरित्रलाई पनि जनताले बेलैमा चिन्नेछन् । केही थान मुख्यमन्त्री, केही थान मन्त्री र केही थान राजदूतहरुका निम्ति मात्रै नीति र सिद्धान्तको कुरा उठाइएको हो भने त्यो किमार्थ राम्रो कुरा होइन ।

होइन, साँच्चै नै कम्युनिष्ट पार्टीलाई विधि, पद्धति र सिद्धान्तसम्मत ढंगबाट चलाउन नेकपाभित्र विरोधको स्वर उठेको हो भने विधिसम्मत ढंगबाटै पार्टीभित्रको विकृति र विसंगति अन्त्य गरिनुपर्छ । नेकपा कार्यदलले पनि पार्टीलाई नेताप्रधान होइन, नीति प्रधान बनाउन सुझाव दिएको छ । अब नेकपाका नेताहरु कार्यदलको सुझावअनुरुप विधिसम्मत ढंगबाट चल्नुको विकल्प छैन । सचिवालय, स्थायी कमिटी बैठकमा उठेका मुद्दा पार्टीको औपचारिक बैठकबाटै टुंग्याउनुपर्ने हो । त्यसो नभएर कार्यदल नै गठन गर्नुपर्ने अवस्था सिर्जना हुनु पनि विधि र प्रक्रियासम्मत होइन । पार्टीका हरेक समस्या कार्यदल बनाएर समाधान गरिने परम्परा स्थापित गर्ने हो भने सचिवालय, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटी किन चाहियो ? जिम्मेवार पदमा बसेका नेताहरुबाटै विधि, विधान उल्लंघन भएपछिको परिस्थिति सुधार्ने भनेको पार्टी कमिटीहरु नै हो । नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा जे जति समस्याहरु आएका छन्, तिनलाई विधि र विधानबाटै हल हुँदै गएका पनि छन् । अहिले नेकपा र सरकारबीचको द्वन्द्व हल गर्न नसकिने खालका छैनन्, तर त्यसका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्नो हठ त्याग्नुपर्छ । जे जति समस्या छन्, तिनको हल जस्केलाबाट होइन, विधि, पद्धतिसम्मत ढंगबाट खोजिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्