Logo
Logo

फरार रहेका मालपोतका कर्मचारी पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ भदौ ,

सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादी गोदावरी नगरपालिका ३ बस्ने ६३ वर्षीय ईश्वरी प्रसाद दाहाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनी मालपोतका पूर्व कर्मचारी हुन् ।


जिल्ला मालपोत कार्यालय बर्दियामा २०६५ सालमा खरिदार पदमा कार्यरत रहँदा दाहाल समेतका २ जनाले नेपाल सरकारका नाममा रहेको बर्दिया जिल्लाका विभिन्न स्थानका जग्गाको किर्ते कागजपत्र बनाई विभिन्न व्यक्तिहरुबाट आर्थिक लाभ समेत लिई किर्ते लालपुर्जा बनाई दिएका थिए ।
उक्त मुद्धामा जिल्ला अदालत बर्दियाको २०७३ मंसिर ३० गतेको फैसलाले ३ वर्ष ५ महिना कैद भई हालसम्म फरार रहेका उनलाई उनकै घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरेको र उनी जेल चलान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्