काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही भदौ २१ गते आइतबार सामाजिक उत्तरदायित्वअन्तर्गत दायित्वलाई दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पु¥याएको यस सहयोगबाट केही हदसम्म भए पनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी काममा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने बैंकको उद्देश्य रहेको जनाएको छ ।