काठमाडौं, २८ भदौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले आजदेखि अवकाश पाएका छन् । आयोगको आज उनको बिदाई गर्दैछ ।
घिमिरेको बिदाईसँगै गणेश जोशी आयोगको निमित्त प्रमुख आयुक्तको जिम्मेवारीमा हुनेछन् । आयोगमा हाल दुई मात्र आयुक्त छन् । जोशी र साबित्री गुरुङ । बरिष्ठताका आधारमा जोशीले निमित्त प्रमुख आयुक्त बन्न लागेका हुन् । जोशीलाई नै प्रमुख आयुक्तमा नियुक्त गर्ने सम्भावना समेत रहेको स्रोत बताउँछ ।