काठमाडौं, २९ भदौ ।
मन्त्रिपरिषद्को बैठकले असोज ५ गतेदेखि आन्तरिक उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले नेता वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिसको निर्णय पनि गरेको छ । नेपाल बिद्युत प्राधिकरणमा कुलमानलाई लैजाने निर्णय भने नभएको एक मन्त्रीले बताए ।