Logo
Logo

तत्काल नयाँ मन्त्रि नियुक्त नहुने, सरकारका प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ भदौ ।

मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई सो जिम्मेवारी दिएको हो ।


अर्थ तथा सञ्चार मन्त्रालय सम्हालेका डा युवराज खतिवडाको कार्यकाल सकिएपछि प्रवक्ताको जिम्मेवारी कसैले पाएका थिएनन् । मन्त्रिपरिषद्का सबैभन्दा सालिन मन्त्री ज्ञवालीलाई सो जिम्मेवारी दिइएको छ ।
नयाँ मन्त्रि तत्काल नियुक्त हुने सम्भावना नभएपछि ज्ञवालीलाई सो जिम्मेवारी दिइएको हो । सञ्चार र अर्थ मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओली आफैंले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्