Logo
Logo

नेकपाको बैठक अब पेरिसडाँडामा बस्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३१ भदौ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको नेकपाको सचिवालय बैठक पेरिसडाँडास्थित पार्टीको कार्यालयमा बस्ने भएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो।

शुक्रबार ११ बजे बस्ने सचिवालय बैठक पेरिस डाँडामा बस्ने तय भएको छ।
पेरिसडाँडा तत्कालिन माओवादीको केन्द्रीय कार्यालय थियो । पार्टी एकतापछि धुम्बाराहीमा नेकपाको केन्द्रीय कार्यालय छ । धुम्बाराहीभन्दा पेरसिडाँडा फराकिलो भएकाले त्यहाँ बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्