Logo
Logo

शिक्षामन्त्रीद्वारा प्रधानमन्त्रीको बदनाम


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ असोज ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलका कारण प्रधानमन्त्री केपी शर्मा ओली विवादमा परेका छन् । पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी लिम्पियाधुरा समेटिएको नक्सासहितको विवरण रेहेको नयाँ पुस्तक वितरण रोक्न प्रधानमन्त्रीले निर्देशन दिएको बताएका छन् ।

भारतले मिचेको लिम्पियाधुरा समेटिएको नक्सासहितको विवरण भएको पुस्तक वितरण रोक्न किन एकाएक रोकियो ? कतै सरकार भारतको दबाबमा परेको त होइन ? यही आशंकासहित प्रधानमन्त्री ओलीको चर्काे आलोचना भइरहेको छ । तर, वास्तविकता फरक रहेको स्रोत बताउँछ ।

शिक्षामन्त्री पोखरेलको अपरिपक्कताका कारण यो प्रकरणले सरकार नै बदनाम हुन पुगेको छ । पोखरेलले प्रधानमन्त्रीलाई यसको अप्रत्यक्ष दोष दिएका छन् । जबकीको यसको गल्ती भने उनकै छन् ।

नयाँ पुस्तकमा नेपालको क्षेत्रफल समेत थपिएको छ । तर, त्यो हुचवाको भरमा राखिएको छ । त्यस्तै अन्य कतिपय विवरणमा समेत त्रुटि रहेको खुलेपछि सच्याएर नयाँ पुस्तक छाप्नुपर्ने विषय उठेपछि प्रधानमन्त्रीले तत्काल रोक्न भनेका थिए । त्यही विषयलाई अहिले गलत रुपमा प्रचार गरिएको छ ।

यो घटनाले शिक्षामन्त्री पोखरेलसँग प्रधानमन्त्री ओली रुष्ट भएको स्रोत बताउँछ । यो घटनाले मन्त्रिमण्डल पुनर्गठनमा पोखरेल हट्ने सम्भावना बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्