काठमाडौं, ८ असोज ।
नेपालमा एकैदिन १७ जनाको कोभिड १९ बाट मृत्यु भएको छ । एकैदिन यतीधेरैको मृत्यु भएको यो पहिलोपटक हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा एक हजार ४ सय ९७ जना संक्रमित थपिएका छन् । यो अवधिमा ४५७ जना डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ जसमध्ये ५० हजार चार सय ११ निको भएका छन् । मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।
१८ हजार चार सय ३७ जना उपचाररत छन् ।