काठमाडौं, ८ असोज ।
धादिङका प्रहरी प्रमुख फेरिएका छन् । एसपी रबिन्द्र रेग्मीको ठाउँमा महेन्द्र खड्कालाई पठाइएको छ । खड्का सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत थिए ।
एसपी रेग्मीलाई गत महिना कोरोना संक्रमण भएको थियो । उनले व्यक्तिगत कारण देखाई सरुवा मागेका थिए ।
प्रहरी प्रधान कार्यालयले काभ्रेसहित विभिन्न जिल्लाका एसपीको सरुवा तयारी गरेको छ ।