काठमाडौं, १२ असोज ।
भारतसँगको सीमामा सशस्त्र प्रहरीको उपस्थिती बढ्दै गएको छ ।
शनिबार एकैदिन चितवनमा सशस्त्र प्रहरी बलको २ वटा बोर्डर आउट पोस्ट (बिओपी )स्थापना भएको छ । चितवनको माडि नगरपालिका वार्ड नम्बर १ गर्दि स्थित केदारेश्वर प्राबि र सोहि नगरपालिका वार्ड नम्बर ९ स्थित राइडांडा प्राथमिक बिध्यालयमा नयाँ बिओपी स्थापना गरिएको हो ।
मर्ज भएपछि खाली रहेका बिद्यालयमा बिओपीको कार्यालय स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपि दिपक कुमार थापाले जानकारी दिए । शनिबार सशस्त्र प्रहरी बल बाग्मति प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनिका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरिक्षक मन्दिप श्रेष्ठल नयाँ बिओपीको उद्घाटन गरेका छन् । दुबै बिओपिमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोलि तैनाथ गरिएको हो । नयाँ बिओपी स्थापना भएपछि स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई धन्यवाद दिएका छन् ।