काठमाडौं, १२ असोज ।
बासी र गुणस्तरहिन खानेकुरा खुवाएको खुलेपछि हलचोक स्थित सशस्त्र प्रहरी बलको मुख्यालय भित्र रहेको क्यान्टिन बन्द गरिएको छ । गुणस्तरहिन खाना तथा खाजा खुवाएको सम्बन्धि गुनासो बढे पनि त्यसमा कुनै सुधार नआए पछि क्यान्टिन बन्द गरिएको श्रोतले बताएको छ ।
सो क्यान्टिन सइ बच्चुराम पुरीले चलाउँदै आएका थिए । उनलाई खानाको गुणस्तमा सुधार ल्याउन पटक पटक मौका दिंदा पनि त्यसमा कुनै प्रगति नभए पछि बन्द गर्नु परेको सशस्त्रका एक उच्च अधिकृतले बताए । फौजि आचरण समेत नभएका र लामो समय हलचोक स्थित पेट्रोल पम्पमा सिभिल पोसाक लगाएर जागिर खाँदै आएका सइ पुरीले उच्च अधिकारीसँगको सेटिङ गर्दै क्यान्टिन समेत चलाउने मौका पाएका थिए ।