Logo
Logo

जेलभित्रै वकिलको व्यापार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ असोज । गोपाल शिवाकोटी ‘चिन्तन’ । कुनै समय यो नाम चर्चित थियो । उनी चल्तीका वकिल थिए । पत्रपत्रिकामा दमदार लेखहरु लेख्थे । केही समययता शिवाकोटी गुमनाम छन् । गुमनाम नहुन् पनि किन ? दुई वर्षयता उनी जेलभित्र छन् ।

कानूनसम्बन्धि विश्वविद्यालय खोल्न भन्दै उठाएको पैसा हजम बनाएको घटनामा उनी पक्राउ परेकोमा जेल चलान भएका हुन् । हाल उनी सुन्धारा जेलमा छन् । पूर्व न्यायाधीशहरुलाई नै उनले ठगी गरेका थिए ।

जेलभित्रै पनि उनको व्यापार चलिरहेको छ । स्रोतका अनुसार कैदीबन्दीलाई जेलभित्रै उनी कानुनी सल्लाह दिने गरेका छन् । अझै पछिल्लो समय त प्यारोलको सुविधा दिएर छुटाइदिने भन्दै उनले लाखौ रकम संकलन गरिरहेको स्रोत बताउँछ ।

नेपालमा लागूऔषध, वन्यजन्तु तस्करी जस्ता मुद्दामा कैद छुट पाइँदैन । तर दुई वर्षअघि लागू भएको मुुलकी अपराध संहिताले भने असल चालचलन भएमा उनीहरुलाई समाजमै निगरानीमा राख्न सकिने भन्ने प्रावधान छ । तर, सो प्रावधान लागू भएको छैन । सर्वाेच्च अदालतले गत वैशाखमा त्यो सुविधा कैदीहरुलाई दिन आदेश दिइसकेको छ ।

त्यही आदेश कार्यान्वायन गराई छुटाइदिने भन्दै उनकै नेतृत्वमा केन्द्रीय कारागारमा आर्थिक संकलन भइरहेको स्रोत बताउँछ । केही सांसदहरुलाई समेत उनीहरुले प्रभावमा पारी यसका लागि लबिङमा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्