Logo
Logo

विश्वप्रकाश प्रवक्ताबाट प्रस्तोता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ असोज । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं मुख्य विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा तत्काल बस्नुपर्ने केन्द्रीय समितिको बैठक पछाडि धकेलेर एउटा गैरसकारी संस्थाको टेलिभिजन कार्यक्रमको सुटिङका लागि पश्चिम नेपाल हान्निएका छन् । उनको यस्तो गैरजिम्मेवार क्रियाकलापको पार्टीभित्र व्यापक आलोचना भएको छ ।

नेपाली कांग्रेसमा युवामाझ आशावादी नेताका रुपमा हेरिएका प्रबक्ता शर्माको एनजीओ मोहले पछिल्लो समय सिंगो कांग्रेस बदनाम हुने खतरा बढेको कतिपय कांग्रेसीहरु बताउँछन् । उनको यो टेलिभिजन कार्यक्रममा एनजिओको लगानी भएको बताइन्छ । सामाजिक सञ्जालदेखि मिडियामा चर्चामा आइरहने शर्मा अब प्रस्तोताको रुपमा समेत आएर चर्चा बटुल्न खोज्दैछन् ।

पूर्वनिर्धारित फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भनिएको १४औं महाधिवेशन तोकिएको समयमा हुन नसक्ने भएपछि कार्यतालिका हेरफेरका लागि केन्द्रीय समिति बैठक बस्न चौतर्फी दबाब छ । यस्तो बेला प्रवक्ता शर्माकै कारण कांग्रेसले बैठक नै १९ असोजका लागि सार्ने लज्जास्पद निर्णय गरेको छ ।

कान्तिपुर टेलिभिजनका लागि प्रवक्ता शर्मा प्रस्तोता रहने एउटा टेलिभिजन कार्यक्रमका लागि उनी सुटिङ गर्न पश्चिम नेपाल गएका हुन् । नेपाली कांग्रेसमा युवामाझ आशावादी नेताका रुपमा हेरिएका प्रबक्ता शर्माको एनजीओ मोहले पछिल्लो समय सिंगो कांग्रेस बदनाम हुने खतरा बढेको कतिपय कांग्रेसीहरु बताउँछन् । उनको यो टेलिभिजन कार्यक्रममा एनजिओको लगानी भएको बताइन्छ । सामाजिक सञ्जालदेखि मिडियामा चर्चामा आइरहने शर्मा अब प्रस्तोताको रुपमा समेत आएर चर्चा बटुल्न खोज्दैछन् । उनी सस्तो लोकप्रियताका लागि टेलिभिजन कार्यक्रमको प्रस्तोता बन्न खोजेको चर्चा कांग्रेसवृत्तमा छ ।

जुन टेलिभिजन कार्यक्रमबाट प्रवक्ता शर्माले आर्थिकलाभका लागि व्यापारिक घरानालाई समेत प्रायोजकका रुपमा ल्याउन लागेका छन् । स्रोतका अनुसार कांग्रेस सांसदसमेत रहेका उद्यागपति विनोद चौधरीको चौधरी ग्रुप तथा युवा व्यवसायी चन्द्र ढकालको आइएमइ ग्रुपले उक्त टेलिभिजन कार्यक्रमका लागि मुख्य प्रायोजन गर्ने भएका छन् ।

सभापति शेरबहादुर देउवाले संवैधानिक नियुक्ति, विश्वविद्यालय उपकुलपति नियुक्तिलगायत राजनीतिक भागबण्डाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग लम्पसार परेर पार्टीकै बदनाम गरिरहेका बेला प्रवक्ता शर्माको एनजीओ मोहले सच्चा कांग्रेसीहरु भने चिन्तित भएका छन् ।

यसैबीच देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्न खोजेको मोर्चाबन्दीमा कृष्णप्रसाद सिटौलाले अहसमति जनाएका छन् । केन्द्रीय विभाग गठन, क्रियाशील सदस्यताको वितरण र नविकरण, पार्टी समायोजनको काममा देउवाले एकलौटी हस्तक्षेप गरेको पौडेल पक्षको आरोप भए पनि देउवाविरोधी मोर्चा चिराचिरा परेकोले देउवा एकलरुपमा पार्टीमा बलियो देखिएका छन् । नेपाली कांग्रेसको इतिहासमै देउवाजस्तो कमजोर र निकम्मा सभापति अहिलेसम्म नदेखिएको हुँदा राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस निकम्मा सावित भएको छ । देउवाको सिद्धान्तविहीन राजनीतिका कारण गत निर्वाचनमा तिनै तहमा नेपाली कांग्रेसले हार व्यहोर्नुपरेको हो ।

नेपाली कांग्रेसको विगत र वर्तमानलाई केलाएर पार्टीलाई एकढिक्का बनाउने प्रयासमा वरिष्ठ नेता पौडेल भए पनि अन्य देउवाविरोधी समूहलाई उनले एक ठाउँ ल्याउन नसक्दा यस पटकको निर्वाचन जित्न पनि पौडेललाई हम्मेहम्मे परेको छ । नेपाली कांग्रेसको इतिहासमा पौडेल देउवा, सिटौलाभन्दा वरिष्ठ र पाका राजनीतिज्ञ हुन् । तर, पार्टीभित्र जोडघटाउ मिलाउन नसक्दा कांग्रेसको इतिहासमा उनको नाम पराजित नेताको रुपमा अंकित हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्