Logo
Logo

मलेसियामा अपहरण, काठमाडौंमा फिरौती, समातिए व्यवसायी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, १४ असोज ।

मलेसियामा नेपाली युवालाई बन्धक बनाइ रकम असुली गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको सुन्दरपुर घर भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठ रहेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई पक्राउ गरेको हो ।

उनले आफ्नी श्रीमती र चालकको मिलेमतोमा मलेसियामा नै काम गर्ने दाङको पहरुवा बस्ने मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाइ उनकी श्रीमतीसँग पटक–पटक गरी नेपालबाट झण्डै १६लाख रकम फिरौती बुझेको आरोप छ ।

डेभिडलाई नेपाल आएको समयमा काठमाडौँको कान्ति बाल अस्पताल नजिकै गाडीमा सवार रहेको अवस्थामा पक्राउ गरिएको सिआईबीले जनाएको छ। मलेसियामा कार्यरत रैदासलाई डेभिडले बन्धक बनाई उनकी श्रीमतीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी रकम पठाउन अन्यथा मारिदिने धम्की दिएको उजुरी परेको थियो ।

फिरौती बापतको १५ लाख ९२ हजार रकम नेपालबाट पठाएपछि मात्रै अपहरित व्यक्तिलाई अपहरण मुक्त गरेको र राहदानी आफ्नो कब्जामा लिई पीडितलाई नेपाल आउन समेत नदिई अघोषित रुपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेको उजुरी परेपछि अनुसन्धान थालिउको प्रहरीले जनाएको छ ।
यद्यपी श्रेष्ठ पक्षले भने घटना लेनदेनसम्बन्धि भएको र प्रहरी अर्काे समूहको प्रभावमा परेर पक्राउ गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्