काठमाडौं, १४ असोज ।
उपत्यकामा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ । बुधबार एकैदिन नौ सय भन्दा धेरै संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा हालसम्म २४ हजार एक सय ६० जना संक्रमित भएका छन् । बुधबार नौ सय २ जना उपत्यकामा थपिएका छन् ।
काठमाडौंमा ६ हजार ७ सय २५ महिलासहित संक्रमितको संख्या १९ हजार पाँच सय ७६ पुगेको छ । ललितपुरमा २ हजार चार सय ५७ तथा भक्तपुरमा दुई हजार एक सय २७ पुगेको छ ।
देशभरी संक्रमितको संख्या ७७ हजार ७ सय १७ पुगेको छ भने त्यसमध्ये ५६ हजार चार सय २८ निको भएका छन् । चार सय ९८ जनाको मृत्यु भएको छ ।