काठमाडौं, १४ असोज ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा शुक्रबार सुनुवाई हुने भएको छ ।
बुधबार सुनुवाई नसकिएकाले शुक्रबारका लागि सरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वको संवैधानिक इजलाशमा बुधबार सुनुवाई भएको थियो । वामदेवको पक्षमा दर्जन भन्दा धेरै वकिलले बहस गरेका थिए । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्चमा रिट दायर गरेका थिए । उनालाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश भइसकेको छ।