काठमाडौं, १५ असोज ।
मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त भएका छन् । लोकदर्शम रेग्मीले राजिनामा दिएपछि बैरागी मुख्यसचिव भएका हुन् ।
रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरिएको छ । त्यस्तै पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यी निर्णय गरेको हो ।