काठमाडौं । सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ । सानिमा बैंकको चन्द्रपुर शाखा असोज १४ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो ।
रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुर शाखाको उद्घाटन चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले गरेका थिए । कोरोना भाइरसको स्क्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ शाखा सञ्चालनमा आएकोमा नगरप्रमुख चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरे ।
सो शाखा सञ्चालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम सञ्चालनमा रहेका छन् ।