काठमाडौं, १५ असोज ।
परराष्ट्र सचिव शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त भएपछि परराष्ट्र मन्त्रालयमा सचिव बढुवाको दौडधुप सुरु भएको छ । सचिव पदका लागि तीन सहसचिवबीच प्रतिस्पर्धा छ ।
मन्त्रालयबा बरिष्ठ सहसचिवहरु भरतराज पौड्याल, सेवा लम्साल र अमृत राईबीच सचिवमा प्रतिस्पर्धा रहेको स्रोत बताउँछ । उनीहरुमध्ये पौडेलले निमित्त सचिवको जिम्मेवारी पाएका छन् । बैरागीको बिहीबार नै बिदाई भएको छ ।
सेवा लम्साल हालै पाकिस्तानमा राजदूतको कार्यकाल सकेर फर्किकी थिइन् । राई राष्ट्रसंघका लागि नेपाली राजदूतका रुपमा कार्यरत छन् । तीनमध्ये पौड्यालकै सम्भावना उच्च रहेको स्रोत बताउँछ ।
आगामी सोमबार परराष्ट्र सचिवको नियुक्त हुने सम्भावना छ ।